Sagun Khabar
बैतडीको पुर्चौडीमा अलपत्र मोटरेबल पुलको निर्माण कार्य अझै सुचारु भएन् 

बैतडी- बैतडीको पुर्चौडीमा अलपत्र मोटरेबल पुलको निर्माण कार्य अझै सुचारु भएको  छैन् । ३ वर्ष देखि अलपत्र मोटरेबल पुल निर्माणको काम अझै सुचारु नभएको  हो । 

पुर्चौडी नगरपालिका १ खडिखेत नजिकैको जमाडि  खोलामा  निर्माण भइरहेको पुल यो असार भित्र सम्पन्न गर्ने लक्ष्य थियो तर निर्माण कार्य ठप्प छ । पुल निर्माण कार्यको काम सुचारु नभएको पुर्चौडी नगरपालिकाका सूचना अधिकारी  प्रविन धानुकले बताए ।

Atrya hospital

आर्थिक वर्ष २०७६÷७७ मा जगदम्बा कन्सट्रक्सनले निर्माणको जिम्मा पाएको थियो तर अहिले सम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन् । संघीय सशर्त अनुदान अन्तरर्गत ४ करोड ७० लाखको लागतमा पूर्वाधार विकास कार्यालय बैतडीले हेर्ने गरि निर्माण भइरहेको पुलले पूर्णता नपाउँदा त्यहाँँका नागरिकहरु आक्रोसित भएका छन् ।

गत असारमै सम्पन्न हुनु पर्ने योजना अहिले सम्म सम्पन्न नभएपछि नागरिक आक्रोसित भएका हुन् । पूर्वाधार विकास कार्यालयले पनि यो असार भित्र काम सम्पन्न हुने दावी गरेको  थियो ।  निर्माण कार्या अगाडी बढेको छैन् । यो पुलमा पूर्वाधार विकास कार्यालयबाट १ करोड ३८ लाख रकम समेत भुक्तानि भइसकेको छ ।

यता पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जंग बहादुर थापाले असार सम्म निर्माण कार्य सम्पन्न नगरे कारवाही प्रकृया अगाडी बढाउने बताका छन् ।  असार नजिकिए पनि काम अगाडी बढ्न सकेको छैन् । योजनामा दोस्रोपटक म्याद थप गरेर अगामी असार सम्म समय दिइएको छ । 

पुलमा एप्रोच रोडको निर्माण कार्य भएर दुवैतिर बेस निर्माण गर्ने लगायतका काम भएका छन भने बाँकि काम अधुरो छ । आवश्यक निर्माण सामग्री भारतबाट मगाउनु पर्ने  भएकाले बिलम्व भएको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए । अहिले  निर्माण सामग्री खरिद भैरहेकाले केहि दिनमै काम सुचारु हुने उनले बताए  ।  निर्माण कम्पनिले असारमै पुल सम्पन्न हुने दावी गरेपनि निर्माण कार्य सुरु नभएकाले असारमा काम सम्पन्न हुने सम्भावना कम  छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update